कोरोना महामारीका बिच यातायात व्यावसाय ठप्प रहेका बेला बैक तथा वित्तियको निरन्तर प्रेसर ठेग्न नसकेपछि पोखरा यातायात व्यवसायीहरुले सम्बन्धित बैक तथा वित्तिय संस्थाहरुलाई तालाचाबी बुझाउन थालेका छन् ।
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्राइभेट लिमिटेडमा आबद्ध व्यवसायीले ९० सवारीको चाबी बैंकलाई बुझाइसकेका अध्यक्ष योगेन्द्र बहादुर केसीले जानकारी दिए । कम्पनीका अध्यक्ष एन।एम।बी बैंकमा ३०, मुक्तिनाथ विकास बैंकमा २५, प्राइममा १८ र गरिमा बैंकमा १७ वटा गरि ९० सवारीको चाबी बुझाएको हो । बैंकहरुले किस्ता तिर्न दिनहूँ ताकेता गरेर हैरान पारेपछि सवारीको चाबी नै बुझाउन बाध्य भएको उनले बताए ।
उनका अनुसार बैकहरुले राती फोन गर्ने, दिउँसै फोन गर्ने, बिहानै फोन गर्ने गरेका कारण मानसिक टर्चर सहन नसकेर छोरा नातीले समेत जाँगिर खान पाउँदैनन्, कालो सूचीमा नाम निस्किन्छ भनेपछि व्यवसायीहरुसंग चाबी बुझाउनुको विकल्प रहेन ।
राज्य यातायात व्यवसायीहरुलाई उपेक्षा गरेको उनको गुनासो छ । उनका अनुसार कम्पनीमा १४ सय सवारी धनि आबद्ध छन् ।




