निकै लामो समयसम्म होटल व्यवसाय बन्द गरिदाँ राज्यलाई प्राप्त हुने अरवौ रुपैयाँ राजश्व, व्यवसायीहरुको अरवौ लगानी र हजारौको संख्यामा प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी गुम्न सक्ने जोखिम प्रति सचेत रहन सरकारलाई पोखराका व्यवसायीहरुले सचेतता पुर्वक चेतावनी दिएका छन् ।
पृथ्वी होटल व्यवसायी समिति कास्की, पोखरा सिटि रेवान, लेखाथ होटल व्यवसायी समिति, लोकदोहोरी व्यवसायी समिति कास्की र धम्पुस पर्यटन व्यवसायी समितिको तर्फबाट संयुक्त रुपमा कास्कीका प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउदै उनिहरुले सचेतता पुर्वक चेतावनीपुर्ण सन्देस दिएका हुन् ।
उनिहरुले यसका अलवा घरभाडामा ५० देखी शतप्रतिशतसम्म छुट, संक्रमणको समयावधि सम्म बिजुली पानीको महसुल मिनाहा तथा टेलिफोन इन्टरनेट लगायतका महसुलमा विशेष सहुलियतको व्यवस्था माग गरेका छन् ।

यस्तै व्यवसाय कर तथा अन्य सवै प्रकारका राजस्व छुट, बैक तथा वित्तिय संस्थामा तिर्नु पर्ने किस्ताको समयावधि २ वर्ष थप, चालु व्यवसायलाई धितोको रुपमा मुल्यांकन गरि न्युन ब्याजदरमा ऋण तथा सफ्ट लोनको व्यवस्था गर्न समेत उनिहरुले माग गरेका छन् ।
होटल क्वारेन्टिनका सन्दर्भमा ठुला तथा तारे होटलहरुको एकाधिकार हुने गरि राज्यको तर्फबाट गरिएको निर्णयमा पुर्नविचार गरि इच्छा र स्तर अनुसारको होटलमा बस्न पाउने व्यवस्था गर्न, आवाश्यक मापदण्ड अनुसार सावधानी अपनाएर व्यवसाय खोल्न पाउने व्यवस्था गर्न, बेरोजगार श्रमिकहरुका लागि रोजगारीका अवसरहरु सृजना गर्न समेत उनिहरुले माग गरेका छन् ।
स्वास्थ्य सम्बन्धि सामाग्रीहरु सहुलियत दरमा उपलब्ध गराउने व्यवस्था मिलाउन, व्यवसायी विस्थापित हुने अवस्था आएकाले पनरुत्थानका प्याकेजहरु ल्याउन र नीतिगत सुधारका बखत सम्बन्धित व्यवसायीहरुको समेत संलग्नता सुनिश्चित गर्न व्यवसायीहरुले माग गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार