पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ६० प्रतिशत काम सकिएको छ । आयोजना सम्पन्न हुने समयावधि एक वर्ष बाँकी रहँदा आधाभन्दा बढी काम पूरा भएको आयोजनाले जनाएको हो ।
सन् २०२१ जुलाई १० भित्रमा निर्माण सम्पन्न गर्ने गरी चिनियाँ कम्पनी सीएएमसी इञ्जीनियरिङले वि.सं २०७४ असारदेखि विमानस्थलको काम शुरु गरेको थियो । विमानस्थलको हालसम्म २ हजार ५०० मिटर धावनमार्ग, आन्तरिक र बाह्य टर्मिनल भवन, एयर ट्राफिक कन्ट्रोल भवन लगायत विभिन्न १४ भवनको सिभिल तर्फको काम सम्पन्न भएको छ ।

यस्तै भवन, ह्याङ्गर, पार्किङ, सडक, नाला लगायत आयोजनाको हालसम्म ६० प्रतिशत हाराहारीमा भौतिक प्रगति भएको विमानस्थलका आयोजना प्रमुख विनेश मुनाकर्मीले जानकारी दिनुभयो । गत पुसदेखि आयोजनाको काम पूर्णक्षमतामा सञ्चालन हुन नसके पनि दैनिक १ सय नेपाली र २ सय ५० चिनियाँ मजदुरहरुले काम गरिरहेका छन् । पोखरा अन्तराष्ट्रिय विमानस्थलमा बोइङ ७५७ र एयरबस २१९ मोडलका न्यारोबडी विमान अवतरण गर्न सकिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार