नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सार्वजनिक यातायात सञ्चालन सम्बन्धी कुनै निर्णय नभएको स्पष्ट पारेको छ ।
असार २१ गतेदेखि सार्वजनिक सवारीसाधन सञ्चालन हुने भनी प्रकाशित भएका सामाचार झुटो भन्दै महासङ्घले संचालनको निर्णय नभएको विज्ञप्ति मार्फत जनाएको हो ।
महासंघका अनुसार सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा सरकार, मजदूर र व्यवसायीबीच छलफल भइरहेको छ ।
यता, पृथ्वी राजमार्ग बस संचालक कम्पनिले भने कठिन परिस्थितीमा पनि बैक तथा वित्तिय संस्थाहरुले किस्ताका लागि पटक पटक ताकेता गरेको भन्दै तालाचाँबी नै बुझाउने चेतावनी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार