गण्डकी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७७–७८ को बजेट बहुमतले पारित भएको छ ।
असार १ गते सरकारको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेशसभामा प्रस्तुत गरेको ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँ बराबरको बजेट प्रदेससभाले बहुमतले पारित गरेको हो ।
नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ७ अर्ब ११ करोड २६ लाख, सशर्त अनुदान ४ अर्ब २० करोड ८४ लाख, समपूरक अनुदान एक अर्ब ४९ करोड ८९ लाख, विशेष अनुदान ५४ करोड र राजस्व बाँडफाँटबाट प्राप्त हुने ७ अर्ब ५७ करोड ३७ लाख तथा रोयल्टीवापत प्राप्त हुने ३० करोड रुपैया र्च वेहोर्ने स्रोत भएको मन्त्री गुरुङले बताएका छन् ।
यस्तै, सरकारले आन्तरिक राजस्वबाट ४ अर्ब ५० करोड ८५ लाख ६० हजार रुपैयाँ उठाउने लक्ष्य राखेको छ । चालु आर्थिक वर्षमा सरकारले ३ अर्ब २७ करोड ७५ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर, हालसम्म एक अर्ब ७० करोड रुपैयाँमात्र राजस्व संकलन भएको छ ।




