प्रदेश सभा सदस्य पियारी थापाले प्रदेशसभाको बैठकमा भनिन्, बजेट र कार्यक्रम छैन भनौ भने छ, छ भनौ भने के छ के छ ? यस विषयमा अन्यौलता रहेको उनको तर्क थियो ।
उनले प्रदेशको राजधानी बाहिर पनि भेन्टिरलेटरको व्यवस्था गर्न माग गरिन । कोरोना कारण मृत्युवरण गरेका नागरिकको शव व्यवस्थापनमा खडा भएको व्यावधान र कोरोना मुक्त भएर घर फर्र्किएकाहरुको आत्मसम्मान तथा सामाजिक पुर्नस्थापनाका लागि उनले सरकारको गम्भिर ध्यानाकर्षण गराईन् ।
उनले महिलाहरुको लागि आवाश्यक तालिम तथा महिला शसक्तिकरणका लागि आर्थिक प्याकेजहरु नआएको टिप्पणी गरिने । अनुदानका लागि झोले कृषक र वास्तविक कृषकको पहिचानमा उनले जोड दिईन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार