प्रदेशसभा सदस्य धनमाया लामाले पुर्वराज्यमन्त्री, पुर्व सांसद र पार्टीका कार्याकर्तालाई मात्र कृषीको अनुदान प्रदान गरिएको आरोप लगाईन ।
प्रदेशसभामा विनियोजन विधेयकको विषयगत छलफलमा भाग लिदै उनले कृषी अनुदानको कार्यविधि संसोधन गर्नुपर्नेमा जोड दिईन ।


सामाजिक विकास मन्त्रालयले विनियोजन गरेको बजेट तथा कार्यक्रम परिणाममुखि नभएको उनले टिप्पणी गरिन । महिलाहरु परिवार र समाजमा समेत सुरक्षित नभएको तर्क गर्दै उनले संविधान संसोधन गरि जघन्य अपराधमा संलग्नलाई मृत्युदण्डको सजाय व्यवस्था गरिनुपर्ने बताईन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार