प्रधानमन्त्री केपि शर्मा ओलीले कोभिड–१९ का कारण अर्थतन्त्रमा परेको नकारात्मक असर कम गर्न कृषि क्षेत्रको उत्पादकत्व र उत्पादन वृद्धिमा जोड दिनुपर्ने बताएका छन् ।
राष्ट्रिय धान दिवसका अवसरमा शुभकामना दिदै प्रधानमन्त्री ओलिले कृषि क्षेत्रको विकास र वृद्धि नै समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा हासिल गर्ने मूल आधार भएको समेत उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्री ओलिले कृषि क्षेत्रमा क्रान्ति ल्याउन कृषिको आधुनिकीकरण, व्यवसायीकरण र मेसिनीकरण आवश्यक रहेको बताए । सरकारले धानको उत्पादन वृद्धि गरी दीगो खाद्य सुरक्षा कायम गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेको उनले दावि समेत गरे ।
यस वर्ष राष्ट्रिय धान दिवसको नारा धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने तय गरिएको छ । तर, नेपाल कृषि प्रधान देश भनिएपनि वर्षेनी नेपालमा ३० अर्व बढिको चामल आयात निकै दुखद रहेको सरोकारवालाहरुले टिप्पणी गरेका छन् ।




