पोखरा महानगरपालिका लगायत आज स्थानिय सरकारका रुपमा क्रियाशिल पालिकाहरुको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक हुदैछ । असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिसक्नु पर्ने प्रावधान अनुसार आज सो तयारी गरिएको हो ।
यसअघि विभिन्न पालिकाहरुले आफ्ना प्राथामिकता र आवाश्यकताको पहिचान गरि नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन् । यता कास्कीमा अन्नपुर्ण गाउँपालिका र रुपा गाँउपालिकाले गाँउसभा मार्फत नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिसकेका छन् ।

मादि र माछापुच्छ्रे गाँउपालिकाहरु भने तयारीमा जुटेका छन् । भुगोलका हिषावले सवैभन्दा ठुलो महानगरपालिका पोखरा महानगरपालिकाले चालु आर्थिक् वर्षमा ७ अर्व ५४ लाखको बजेट ल्याएकामा यसपालि भने स्वास्थ्य, शिक्षा, कृषि तथा पुर्वाधारलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम र बजेटको तयारी गरिररहेको स्रोतले बताएको छ ।
रोजगारी र पर्यटन पुनरुत्थानलाई समेत जोड दिईने महानगरले जनाएको छ । पोखरा महानगरको नीति तथा कार्यक्रम र बजेट आज सार्वजनिक हुनेछ । महानगरका प्रमुख मान बहादुर जिसिले सो प्रस्तुत गर्नेछन् ।
http://googlepokhara-com.stackstaging.com/nekapa-meeting/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार