बाग्लुङको धौलागिरी अञ्चल अस्पतालमा उपचाररत ११ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् । निको हुनेहरुमा गल्कोट नगरपालिकाका २३ वर्षीक १ जना पुरुष, निसीखोला गाउँपालिकाका वर्ष २९ र २२ का २ जना पुरुष र ताराखोला गाउँपालिकाका वर्ष ३९ का १ जना पुरुष रहेका छन् ।


यस्तै बडीगाड गाउँपालिकाका वर्ष २५, २५, ३९, ३२ र २२ का ५ जना पुरुष, बरेंङ गाउँपालिकाका वर्ष १८ र २३ का २ जना पुरुष निको भई घर फर्किएका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.शैलेन्द्र बि.क.प्रोख्रेलले जानकारी दिनुभयो ।
अहिलेसम्म बागलुङ्मा कोरोना संक्रमितको संख्या १ सय २५ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार