कोरोना भाइरसको महामारीका बिचपनि विभिन्न आर्थिक गतिविधिहरु संचालन हुन थालेका छन् । ३ महिना बढि समय ठप्प रहेका मुलुक कतिपय पर्यटक स्थानहरुको खुल्न थालेका समाचारहरुमा जनाइएका छन् । पर्यटकहरुको आवागमन नभएपनि ति स्थलहरु खुल्न थालेका हुन् ।
यसैबिच पर्वतका दुई वटा पर्यटकीय गन्तव्यका रुपामा रहेका कुस्मा–बलेवा यान्त्रिक पुल र विश्वकै अग्लो पैदलयात्री बञ्जीपुल आजदेखि नियमित सञ्चालनमा आएका छन् । यि गन्तव्यहरु विगत ३ महिनादेखी पुर्ण रुपमा ठप्प थिए । नेपालकै एकमात्र व्यावसायिक पुल कुस्मा–बलेवा यान्त्रिक पुल केबलकार मोडलमा निर्माण गरिएको छ ।
यससंगै त्यस क्षेत्रमा रहेका अन्य पर्यटकिय स्थलहरु पनि विस्तारै समान्य अवस्थामा संचालन गर्ने तयारी गरिएका स्थानिय अधिकारीहरुले बताएका छन् ।




