कास्कीको अन्नपूर्ण गाउँपालिकाले आ.व ०७७÷०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नेपाल सरकारको ‘समृद्घ नेपालः सुखी नेपाली’, र गण्डकी प्रदेश सरकारको ‘समृद्घ प्रदेश र सुखी नागरिक’ तथा आफ्नो पालिकाको ‘समुन्नत र समृद्घ अन्नपूर्ण’ भन्ने मूल उद्देश्यमा केन्द्रित नीति तथा कार्यक्रम ल्याइएको अध्यक्ष युवराज कुँवरले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले कृषि, पर्यटन र पूर्वाधारलाई समेत प्राथमिकतामा राखेको छ ।




