गण्डकीमा फेरी ३० जना कोरोना संक्रमितहरु थपिएका छन् । पछिल्लो विवरण अनुसार स्याङ्जामा ९ जना, पर्वतमा ४ जना, तनहुँमा ३ जना, नवलपुरमा १३ जना र बाग्लुङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि नवलपुरमा १८ जना, तनहुँमा १२ जना, गोरखामा ११ जना, मनाङमा १ जना, पर्वतमा ५ जनामा कोरोना पुष्टि भएको विवरण स्वास्थ्य निर्देशनालय गण्डकीले सार्वजनिक गरेको थियो ।

पोखरामा गरिएको परिक्षणमा आज मात्रै ७७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो । यससंगै गण्डकीमा कोरोना संक्रमतिको कुल संख्या ३ सय २४ पुगेको छ ।

देशभरी भने ७ हजार २ सय नाघिसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार