गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले चालु आर्थिक वर्षका योजना तथा कार्यक्रमहरुको समेत दायित्व थपिएका कारण बजेटको आकार बढ्न गएको बताउनुभएको छ । आगामी आर्थिक वर्ष २०७७–७८ को बजेट प्रदेश सभामा पेश गरेको भोलिपल्ट पोखरामा पत्रकार भेटघाट कार्यक्रम गर्दै अर्थमन्त्री गुरुङ्ले सो कुरा उल्लेख गर्नुभएको हो । २५ देखी ३० अर्वको विचमा बजेटको आकार हुने अनुमान गरिएकामा चालु आर्थिक वर्षका योजना तथा कार्यक्रहरुको दायित्व थपिने निश्चित भएपछि बजेटको अकार बढ्न पुगेको उहाँले बताउनुभयो ।
आगामी वर्ष बजेट कायर्षन्वयनका सम्पुर्ण संत्रन्त्रहरुलाई थप क्रियाशिल बनाईने उहाँले बताउनुभयो । वर्षेनी बजेट कार्यान्वयनमा समस्या भैरहेको उल्लेख गर्दै अर्थमन्त्री गुरुङ्ले आगामी वर्ष बजेट खर्चको सीमालाई बढाउने विश्वास दिलाउनुभयो । प्रदेश भित्र संचालित हरेक व्यवसायलाई करको दायारामा ल्याउने र राजस्व संकलनका स्रोतहरु बढाउने उहाँले उल्लेख गर्नुभयो । प्रदेशमा रहेका प्राकृतिक स्रोतहरुको मितव्ययी उपयोग गरिने उहाँले बताउनुभयो । बजेटमा समग्र प्रदेशको विकास र समृद्धिलाई केन्द्रमा राखिएको अर्थमन्त्री गुरुङको भनाई छ ।




