गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय २३ पुगेको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता समेत रहेका स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा.विनोद विन्दु शर्माले मंगलबार सवेरै दिएको जानकारी अनुसार प्रदेशका पाँच जिल्लामा १८ नयाँ संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या २ सय २३ पुगेको हो ।

मंगलबार मात्रै स्याङ्जाको चापाकोट नगरपालिकामा ४ जना, गोरखाको गोरखा नगरपालिकामा ७ जना र बारपाक सुलिकोट गाउँपालिकामा १ जना, नवलपुरको विनयत्रिवेणी गाउँपालिका र मध्यविन्दु नगरपालिकाका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै कास्कीको पोखरा महानगरपालिकामा १ जना र बाग्लुङ्को ताराखोला गाउँपालिकाका १ जनामा पनि कोरोना भाइरस पुष्टि भएको छ । यससंगै गण्डकी प्रदेशका कोरोना संmत्रमितको संख्या २२३ पुगेको हो । अहिलेसम्म १६ जना निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ । प्रदेशका विभिन्न जिल्ला तथा स्थानिय तहहरुमा निर्माण गरिएका क्वारेन्टिनमा हजारौ मानिसहरु रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार