कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७–७८ का लागि ३३ अर्ब ७४ करोडको बजेट सार्वजनिक गरेको छ । कर्णाली सरकारले गत वर्षको भन्दा ५० करोड कम आकारको बजेट ल्याएको हो ।
प्रदेशसभामा पेश गरिएको बजेटमा पुँजीगत खर्च ५७ प्रतिशत, चालु खर्च ३४ र वित्तीय हस्तान्तरणतर्फ ९ प्रतिशत विजियोजन गरिएको छ । बजेटमा आगामी आर्थिक वर्ष करिव ६ प्रतिशत आर्थिक बृद्धिद्धर हासिल गर्ने लक्ष्य छ ।




