गण्डकी प्रदेशको समग्र खेलकुदको विकासका निम्ति खेलकुद क्षेत्रको नीति, कानून, संरचना र पूर्वाधार निर्माणमा प्रदेश सरकारले जोड दिनेभएको छ । प्रदेश स्तरीय बहुउद्देश्यीय रङ्गशाला, क्रिकेट रङ्गशाला, गल्फकोर्स, स्की, उच्च उचाई खेलकुद तालिम केन्द्र, जिल्ला स्तरीय रङ्गशाला र एक स्थानीय तह एक खेलकुद मैदान निर्माणका लागि ८ करोड ३५ लाख बजेट विनियोजन गरेको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ्ले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना र खेलाडीलाई प्रोत्साहन गर्न तथा समग्र खेलकुद क्षेत्रको विकासका लागि आवश्यक बजेटको समेत व्यवस्था गरिएको छ । मुख्यमन्त्री कप फुटबल प्रतियोगितालाई निरन्तरता दिईएको छ ।

राष्ट्रिय खेलकूद परिषदबाट पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकूद प्रतियोगितामा भाग लिने खेलाडीहरूको आवश्यक व्यवस्थापन र प्रशिक्षणका लागि रू.१ करोड ५० लाख विनियोजन गरिएको छ । प्रदेश सरकारको तर्फबाट विजयी खेलाडीहरूलाई पुरस्कृत समेत गरिने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार