पोखरा महानगरपालिकाले वडा नं ३,४ र ९ को संगम पालिखेचोकमा डिभाइडर गार्डेन निर्माण गरेको छ । साँघुरो पालिखेचोकलाई फराकिलो बनाइएपछि महानगरले सो स्थानमा सुन्दर गार्डेन बनाएको हो । ४७ औं विश्व वातावरण दिवसको अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले सो गार्डेनको औपचारिक उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले पर्यटकीय नगरि पोखरालाई पार्कको शहरका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।




