अखिल नेपाल फुटबल संघ एन्फाले क्लब र जिल्ला फुटबल संघलाई ७५ हजारका दरले राहत दिने भएको छ । एन्फामा आबद्ध ‘ए’, ‘बी’ र ‘सी’ डिभिजनका गरी कुल ४० क्लब र ४८ जिल्लाका फुटबल संघलाई ७५ हजारका दरले राहत वितरण गर्ने निर्णय भएको एन्फाले जनाएको छ ।

त्यस्तै एन्फाबाट स्वीकृति लिएर मोफसलमा फुटबल आयोजना गर्ने आयोजक क्लब, चार सदस्य समितिलाई पनि ७५ हजार प्रदान गरिने निर्णय भएको छ । २४ जना शनिबारीय प्रशिक्षक, सबै तहका एन्फाका १५० कर्मचारी र सहिद स्मारक ए डिभिजन लिग सञ्चालन गर्ने ३० जना रेफ्री र रेफ्री एसेशरहरुलाई जनही १० हजारका दरले राहत वितरण गर्ने निर्णय भएको एन्फाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार