१८ औँ संस्करणको आहारारा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि नेपाल आयल निगम मनाङ् र्मस्याङ्दी क्लवले जितेको छ । शनिबार पोखरा रंगशालामा सम्पन्न फाईनल खेलमा मनाङ्ले नेपाल पुलिस क्लवलाई ४–३ गोल अन्तरले पराजित गर्दै उपाधिसहित नगद १० लाख १ हजार रुपैयाँ नगद पुरस्कार हात पारेको हो । उपविजेता बनेको पलिसले भने ५ लाख रुपैयाँमा चित्त बुझाएको छ । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलियो ।
अतिरिक्त समय पनि गोल रहित बराबरीमा सकिएपछि खेलको अन्तिम निर्णय टाईबेकरबाट लिनुपर्यो । लगत्तै भएको टाईबेकरमा मनाङ्ले ४–३ गोल अन्तरले पुलिसलाई पराजित गरेको हो । यससंगै नेपाल आयल निगम मनाङ् र्मस्याङ्दी क्लवले ६ पटक आहाराराको उपाधि जितेको छ भने क्याराभान गोल्ड कप सहित नेपाल पुलिस क्लवले पनि ६ पटक नै आहारारा गोल्डकपको उपाधि जितेको छ । फाल्गुन २२ गतेदेखी पोखरा रंगशालामा भएको उक्त प्रतियोगीतामा विदेशी एक टिम सहित १० टिमको सहभागीता रहेको थियो । साहारा क्लवले वर्षेनी साहारा एकेडेमी संचालनार्थ यो प्रतियोगीता आयोजना गर्दै आएको छ ।




