सहिद स्मारक बी डिभिजन लिगमा सातदोबाटोले आफ्नो जितको यात्रालाई कायम राखेको छ । शुक्रबार भएको खेलमा सातदोबाटोले ब्याइज युनियन क्लवलाई एक शुन्यले हरायो । सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलमा सातदोबाटोको जितमा महेन्द्र कार्कीको एकमात्र गोल निर्णायक बन्यो । खेलको १४ औं मिनेटमा कार्कीले गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाएका थिए ।
त्यसपछि ब्याइज युनियन खेलमा फर्कन सकेन र पराजित भयो । आगामी चैत २३ गतेसम्म चल्ने लिगमा लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । एक टिम ’ए’ डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम ’सी’ डिभिजनमा घटुवा हुनेछ ।




