लामाचौर स्थित रेडियो अकलाले शनिबारदेखि पोखरा १६ लामाचौरमा गर्ने भनि सार्वजनिक गरेको ‘मिडिया कप–२०७६’ अन्तिम समयमा आएर नियतबस स्थगित गरेको छ । खेलको पहिलो दिन शनिबार बिग पोखरा र रेडियो अकला भिड्ने समय तालिका छुट्याइएको भएपनि आयोजकले खेल नजित्ने निश्चित भएपछि खेल नै रद्द गरेको खेलका लागि पुगेका पत्रकारहरुले बताएका छन् । गोलाप्रथाबाट उद्घाटन खेल खेल्ने समयतालिका छुट्याए पनि आयोजकले गोलाप्रथा मै धाँधलि गरेको छ । ३ टिम सहभागी रहेको खेलमा ३ टिमको गोलाप्रथा बनाउँनु पर्नेमा ४ टिमको ‘चिट’ बनाएर धाधली गरेको रहस्य खुलेको हो । आयोजक टिमले बद्मासी गरेको थाहा पाएपछि खेल नै रद्द हुन पुगेको खेलका लागि पुगेका पत्रकारहरुले बताएका छन् । तर, आयोजक संस्थाका ठगराज शर्माले भने आयोजकको निर्णय नै अन्तिम हुने भन्दै गोलाप्रथा पश्चात खेल स्थगित गरेका बताईएको छ ।
रेडियो अकलाले पोखरा १६ स्थित इन्द्रराज्यलक्ष्मि मावि लामाचौरको खेलमैदानमा आयोजना गरेको खेलमा आयोजक टिम सहित ३ टिमले खेल खेल्ने तय भएको थियो । आयोजक, बिग पोखरा ए, बिग पोखरा बि टिमले खेलको लागि नाम दर्ता गराएकोमा उद्घाटन खेलमा आयोजक रेडियो अकलाले बिग पोखराको ए र बि टिमलाई नै खेल्न लगायो । सुरुमा गोलाप्रथा गरेर खेल सुरु गर्ने बताएको आयोजकले ३ वटा गोलाप्रथाको नम्बर बनाउँनु पर्नेमा ४ वटा गोलाप्रथा बनायो । बनाएको ४ गोलाप्रथा मध्येबाट पनि आयोजकलाई २ नम्बर पर्यो । तर, आफ्नो नम्बरको चिट नै लुकाएर उसले अर्को नम्बर पेश गर्यो । विपक्षी टिम बिग एफएम पोखरा ए का क्याप्टेन अशोक थापाले सो कुराको चाल पाए । आयोजक टिमले बद्मासी गरेको चाल पाएपछि उनले त्यसको रहस्य खोले । तर, आयोजक संस्थाका अध्यक्ष भनिएका ठगराज शर्माले भने खेलको उद्धघाटन गरिएको भएपनि गोलाप्रथा नगरिएको बताएका छन् ।
आयोजकको यस्तो हर्कतबारे प्रश्न उठाउँदा आयोजकको निर्णय नै अन्तिम हुने दाबी सहित आयोजकले खेल नै स्थगित भएको घोषणा गर्यो । अचम्म त के छ भने, आयोजकले बद्नियत राखेर आयोजना गरेको खेलमा पनि खेल उद्घाटन गर्न पोखरा महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष जीवन प्रसाद आचार्य पुगे । उनले प्रतियोगीताको औपचारिक उद्धघाटन पनि गरे । भाषण पनि गरे । आयोजक संस्थाको प्रशंसा पनि गरे । तर, प्रतियोगीता उद्धघाटनका लागि बोलाईएका भनिएका गण्डकी प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्साल भने विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसको उच्च जोखिम रहेका बेला सार्वजनिक कार्यक्रम सहभागि नहुने भनि कार्यक्रममा नपुगेका बताईएको छ ।
१८ औं आहा ! रारा गोल्डकपको उद्घाटन गर्न पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको कोरोनाको जोखिम रहेका बेलामा पनि भिडभाड हुने सार्वजनिक कार्यक्रम उद्घाटनमा पुगेको भन्दै चर्को आलोचना भएपछि मन्त्री लम्साल सोही आलोचनाबाट जोगीन कार्यक्रममा सहभागी नभएको सुचना आयोजकले नै दिएको थियो । मैत्रीपूर्ण मिडिया कप २०७६ को नाममा महानगरका वडा तथा व्यापारिक घरानाहरुसंग पैसा असुल्ने बद्नियत राखेर खेलको आयोजना गरेको आयोजक रेडियो अकलाले मिडिया कपको आयोजना स्थल अघि मिडिया कपको ब्यानर राख्नु पर्नेमा लामाचौर तीज महोत्सवको ब्यानर राखेर तमासा देखाएको खेलका लागि पुगेका पत्रकार भुपाल गुरुङ्ले बताएका छन् ।
तर, अध्यक्ष ठगराज शर्माले भने कार्यक्रमका लागि भनेर कुनै पनि सरकारी कार्यालयबाट पैसा नलिईएको बताएका छन् । यस्तै रेडियोका स्टेशन म्यानेजर रघुनाथ वाग्नेले पनि कपोलकल्पित र भ्रामक हल्लाहरु गरेर रेडियोको बद्नाम गर्न खोलिएको टिप्पणी गरे । खेल उद्धघाटन पुर्व जिल्ला प्रशासन कार्यालय कास्कीले कार्यक्रम स्थगित गर्न सुझाव समेत दिएको वाग्लेले उल्लेख गरे । तर सानो सहभागीतामा आफुहरुले साँस्कृतिक कार्यक्रम भने गरेको उनको भनाई छ ।




