पोखरामा जारी १८ औ संस्करणको आहारारा गोल्ड कप प्रतियोगिताको पहिलो क्वाटरफाईनल खेलमा नेपाल पुलिस क्लव विजयी भएको छ । पोखरा रंगशालामा शनिबार भएको खेलको निर्धारित समय १—१ गोलको बराबरीमा सकिए पछि थपिएको अतिरिक्त समयमा कुनै पनि टिमबाट गोल हुन सकेन ।
लगत्तै भएको टाईबेकरमा आयोजक साहारा क्लवलाई ४—२ गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लव प्रतियोगीताको अघिल्लो चरण प्रवेश गरेको हो । यसअघि प्रतियोगीताको उद्धघाटन खेलमा ब्रिगेड ब्वाईज क्लवलाई ३—२ गोल अन्तरले पराजित गर्दै आयोजक साहारा क्लव विजयी भएको थियो ।
तर, आज भएको पहिलो क्वाटरफाईनलमा भने आयोजक पराजित हुदै प्रतियोगीताबाट बाहिरिएको छ । प्रतियोगीतामा भोलि मनाङ मस्र्याङदी क्लव र भ्mापा ११ बिच प्रतिष्पर्धा हुनेछ ।




