पोखराको ऐतिहासिक थलो रत्न मन्दिर र हिमागृह आम सर्वसाधारण जनताको लागि खुल्ला गर्ने बिषयमा लगभग अन्तिम चरणमा पुगेर रोकिनु ठाउँ साँघुरो भएको हुदा आगन्तुकहरुलाई व्यबस्थापन गर्न नसकिने भएकोेले गर्दा तत्काल खुल्ला हुन नसकेको नेपाल ट्रसका एक कर्मचारीले बताएकाछन् । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले मंगलबार रत्न मन्दिर र हिमागृह अवलोकन पश्चात उक्त कुरा एक कर्मचारीले खुलाएका हुन्। रत्न मन्दिर र हिमागृह खुल्ला गरिनु पर्ने प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. भट्टराईले सुझाव दिएकाछन्। गण्डकी प्रदेशका सांसद राजिव पहारीले आम जनताको लागि यसलाई खुल्ला गरिनु पर्ने माग राख्दै आएकाछन् ।
रत्न मन्दिर र हिमागृहको ठाउँ साँघुरो र भर्याङमा एकै पटक दुई जना जान नसक्ने अबस्था नरहेकोले तत्काल खुल्ला गर्न नसकिने अबस्था रहेको नेपाल ट्रस पोखरा कार्यालयका प्रवक्ता भिम प्रसाद गौडेलले बताए । भक्तपुर शैलिमा बनाएका पुराना झ्याल ढोका, भक्तपुरका कालिगढले कुंदेर बनाएका ढुंगा सहितको ऐतिहासिक दस्तावेज उक्त स्थलमा रहेको उनले जनाए । पूर्व राजाले बर्षको एक पटक पोखरा आउदा बस्ने थलोको रुपमा प्रयोग गरेकोले तत्कालिन अबस्थामा दिएका उपहार समेत उक्त स्थानमा संरक्षण गरि राखिएको प्रवक्ता गौडेलले जनाए । नेपाल ट्रसको नाममा रहेको उक्त जग्गा करिब १ सय ७४ रोपनी मध्य एक सय ११ रोपनी रत्न मन्दिरमा, हिमागृहको १० रोपनी, रन्तचोकमा १ रोपनी १२ आना, नेपाल ट्रसको कार्यालय रहेको २ रोपनी सहितको जग्गा रहेको उनले बताए ।
पूर्व राजा महेन्द्रका माइला भाई हिमालय विरबिक्रमको नामबाट हिमागृह र रत्नराज्य लक्ष्मीको नामबाट रत्न मन्दिर रहन गएको बताइन्छ । उनी हाल काठमाण्डौं सिंह दरवारमै बस्दै आएकीछन्। महेन्द्रका कान्छा भाई बसुन्धरा विक्रमको नामबाट बसुन्धरा पार्क नामाकरण गरिएको स्थानियले जनाए । महेन्द्रका जेठा छोरा विरेन्द्र, माइला ज्ञानेन्द्र, कान्छा धिरेन्द्र हुन्। नेपाल ट्रसका सचिव भिम प्रसाद उपाध्यायले दुई बर्ष अघि नै रत्न मन्दिर र हिमागृह खुल्ला गर्न खोजे पनि ब्याबस्थापनको कारणले गर्दा काम रोकिएको बताइन्छ । एकै पटक ४०÷५० जना बिद्यार्थीहरुको सङख्या अवलोकन गर्न आउदा कसरी अवलोकन गराउने यस बिषयमा ट्रसलाई समस्या परेको छ ।




