नेपाल निर्माण व्यवसायी महासंघको २१ र्औँ साधारणसभाले विभिन्न ३० बुँदे भक्तपुर घोषणापत्र जारी गरेको छ । बिहिबार काठमाडौंमा पत्रकार स्म्मेलन गर्दै २१ र्औँ वार्षिक साधारणसभाले ३० बुँदे भक्तपुर घोषणापत्र जारी गरेको जनाएको हो । महासंघले जारी गरेको घोषणापत्रमा सरकारसँग सहकार्य गरी संसोधन गर्नुपर्ने नीतिगत कार्यक्रमहरु, भ्याट तथा राजश्व सम्बन्धी व्यवस्थामा मजदुरहरुको प्यान नम्बर लिने सम्बन्धमा रहेको व्यवस्था अव्यवहारिक भइको भन्दै आशिंक रुपमा तथा विदेशी मजदुरहरुलाई प्यान अनिवार्य नहुने व्यवस्था गर्न माग गरेको छ ।
त्यस्तै सार्वजनिक खरिद नियमावलीको नवौँ संशोधनका सम्बन्धमा भएका प्रतिबद्धता कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ भने उक्त प्रतिबद्धता आफूहरुले कार्यान्वयन गर्ने जनाएको छ । महासंघले जारी गरेको भक्तपुर घोषणापत्रमा अन्तर्राष्ट्रिय सम्बन्धको विकास तथा व्यवसायिक सुदृढीकरणका लागि पहल गर्ने निर्णय गरेको महासंघका रवि सिंहले बताउनुभयो । महासंघले आयोजना गरेको तीन दिने एक्स्पोमा ५ हजार जनाले अवलोकन गर्नुकासाथै करिब २ अर्ब बराबरको प्रतिबद्धता सहितको कारोबार भएको महासंघले जानकारी दिएको छ ।




