काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मस्र्याङ्दी क्लवले थ्री स्टारसंग बराबरी खेलेको छ दशरथ रंगशालामा शनिबार भएको खेलमा मनाङ मर्स्याङ्दी, थ्री स्टारसंग २–२ को बराबरीमा रोकिएको हो । यस बराबरीसँगै मनाङले ७ खेलमा १३ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ । थ्रीस्टार भने ७ खेलमा ११ अंकसाथ चौथो स्थानमा छ । यस्तै शनिबार नै भएको पहिलो खेलमा पुलिसले जाउलाखेल युथ क्लवलाई दुई शुन्य गोलले हरायो । सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलमा पुलिसले सुरुवात देखि नै जाउलाखेलमाथि केहि दबाव दिएको थियो । जितसँगै पुलिसले सात खेलमा ११ अंक बनाएको छ । जाउलाखेलका सात खेलमा नौ अंक छ ।




