बगर भाइ खलक पोखराद्धारा आयोजित तेस्रो स्व.रञ्जित गुरुङ स्मृति तथा नवौ बगर भाइ खलक एट ए साईड अन्तराष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगीता २०७६ यहि माघ ६ गतेदेखी हुने भएको छ । “स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरीकहरुका लागि नौलो आयाम” भन्ने नाराका साथ आयोजित उक्त प्रतियोगीता पोखराको पुरानो टुँडिखेल बगरमा हुनेछ ।
अग्रजहरुलाई सम्मान, समकालिनलाई व्यायाम र नयाँ पिँढीलाई खेलकुद तथा स्वास्थ्य प्रति जागरुक बनाउने उद्देश्य लिएको बगर भाइ खलकले २०६८ सालदेखी यस प्रकृतिको प्रतियोगीता गर्दै आईरहेको छ । प्रतियोगीतामा ४० देखी ६५ उमेर समुहका पाका खेलाडीहरुले सहभागीता जनाउदै आएका छन् । माघको ११ गते सम्म हुने उक्त प्रतियोगीतामा दुई दर्जन भन्दा धेरै टिमहरुले सहभागिता जनाउने अनुमान गरिएको छ । प्रतियोगीताको तयारीका लागि एक मुल तयारी समिति सहित १३ वटा उपसमितिहरु गठन गरिएका छन् ।
प्रतियोगीतामा प्रथम हुने टिमलाई नगद रु.१ लाख ११ हजार १ सय ११, रनिङ शिल्ड, पदक र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै दोस्रो हुनेलाई नगद रु. ५५ हजार ५ सय ५५, ट्रफी पदक र प्रमाणपत्र, सेमिफाईनल प्रवेश गर्ने प्रत्येक टिमलाई १०÷१० हजार प्रोत्साहन स्वरुप प्रदान गरिने अध्यक्ष गुरुङ्ले बताउनुभयो । यस्तै उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई ट्रफी सहित नगद रु.५ हजार प्रदान गरिनेछ । प्रतियोगीताको सर्वोत्कृष्ट खेलाडीलाई नगद रु.१० हजार, अनुशासित टिम, प्रतियोगीतामा सहभागी सवैभन्दा जेष्ठ खेलाडी र प्रत्येक खेलका म्यान अफ दि म्याचलाई विशेष पुरस्कार प्रदान गरिनेछ । प्रतियोगीता सम्पन्न गर्न करिब १४ लाख ५० हजार खर्च तथा १७ लाख आम्दानी गनेृ लक्ष्य राखिएको छ । प्रतियोगीताबाट बचत हुने रकमको केहि अंश टुँडिखेल खेलमैदानको स्तरोन्नतीमा खर्च गरिने छ ।
प्रतियोगिताले पोखराको पर्यटन प्रवद्र्धनमा योगदान गर्ने विश्वास गरिएको छ । यसवर्ष खेलकुद विकासमा योगदान गर्ने पुर्व अन्तराष्ट्रिय खेलाडी, पुर्व राष्ट्रिय प्रशिक्षक एंव भुतपुर्व खेलाडी मंचका संस्थापक अध्यक्ष खडक बहादुर रानाभाटलाई ताम्रपत्र र दोसल्लाले सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष दिल बहादुर गुरुङ्ले जानकारी दिनुभयो । स्व.रञ्जित गुरुङ् पोखराको खेलकुद विकासमा सक्रिय व्यक्तित्य हुनुहुन्थ्यो । गुरुङलाई पोखरा महानगरपालिकाले पोखरा रत्नबाट सम्मान गरेको थियो ।




