पोखरामा वर्षेनी आयोजना हुँदै आएको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को पुरस्कार राशिमा दोब्बर वृद्धि गरिएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालले आयोजना गर्दै आएको म्याराथनमा विगतमा विजेतालाई एक लाख दिइएकोमा यस वर्षबाट विजेतालाई दुई लाख पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः एक लाख, ७५ हजार र १५ हजार पुरस्कार प्रदान गरिनेछ ।

दक्षिण एशियाली मुलुकबाट व्यावसायिक धावकको सहभागिता वृद्धि गर्ने उद्देश्यले पुरस्कार राशिमा वृद्धि गरिएको संस्थाका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिनुभयो । पोखरामा खेल पर्यटनको प्रवद्र्धनमा प्रतियोगिताले सघाउनेछ । प्रतियोगीता आगामी फाल्गुन ३ गते हुनेछ । म्याराथनमा ७ हजार स्वेदेशी तथा विदेशी धावकहरुको सहभागीता रहनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार