xसंघिय सरकारका संस्कृति पर्यटन तथा नागरीक उड्यन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० को लक्ष्य हाषिल गर्ने गरि आवाश्यक पुर्वाधारहरु तय गरिएको बताउनु भएको छ । नेपाल पत्रकार महासंघ कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले सन् २०२० मा २० लाख पर्यटक नेपालमा ल्याउने सरकारी लक्ष्य कुनै हालतमा पुरा हुने विश्वास व्यक्त गर्नुभयो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई २४ घण्टा संचालन गर्ने गरि मर्मतको काम सकिएको, विभिन्न एयर लाईनसहरुले आफ्ना उडानहरु थप गर्ने तयारी गरिरहेको, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सन् २०२० को मध्यबाट संचालन गर्ने तयारी गरिएको, सन २०१९ मा भएको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण र नेपाल भ्रमण वर्ष २०२० को सुभारम्भ कार्यक्रममा विभिन्न देशका पर्यटनमन्त्रीहरुलाई आमन्त्रण गरिएको र संसारका विभिन्न प्रतिवेदन तथा पत्रपत्रिकाहरुले नेपाल भ्रमणका लागि उत्कृष्ट गन्तव्य मुलुक भएको भनि प्रचार प्रसार गरेका कारण तोकिएको लक्ष्य प्राप्तीका लागि कुनै समस्या नरहेको मन्त्री भट्टराईले बताउनुभयो ।

पोखरामा निर्माणाधिन पोखरा अन्तराष्ट्रिय विमानस्थलका लागि आवाश्यक थप १ सय ४ रोपनी जग्गा तेस्रो पटक अधिग्रहणको तयारी गरिएको मन्त्री भट्टराईले बताउनुभयो । गाईड पाथ, एप्रोन लाईट, मेट्रोलोजिकल स्टेशन र नेभिगेसनको लागि थप जग्गा अधिग्रहण गरिने मन्त्री भट्टराईले जानकारी दिनुभयो । थप जग्गा अधिग्रहणका लागि स्थानियहरुले विरोध गरिरहेका बेला मन्त्री भट्टराईले भने चलनचल्तिको मुल्यमा उनिहरुको जग्गा अधिग्रहण गरिने बताउनुभयो । साथै मन्त्री भट्टराईले पोखराको हिमागृह र रत्नमन्दिरलाई पर्यटकिय स्थलका रुपमा खुल्ला गर्ने गरि सैद्धान्तिक सहमति गरिएको बताउनुभएको छ । नेपाल ट्रष्टको मातहतमा रहेको उक्त स्थल पर्यटकिय रुपमा खल्ला गर्ने गरि नेपाल सरकरको तर्फबाट सैद्धान्तिक सहमति गरि ट्रष्टलाई पत्राचार गरिएको उहाँले बताउनुभयो । फेवाताल लगायतका कतिपय संरचनाहरु निरन्तर अतिक्रमणमा परिरहेको बताउदै मन्त्री भट्टराईले यसका सम्बन्धमा अन्तर मन्त्रालय समन्वयमा काम गर्नु पर्ने अवस्था रहेको बताउनुभयो ।

मन्त्री भट्टराईले नेपाल निकै लामो राजनीतिक संघर्ष पश्चात स्थाईत्वको बाटोमा आएको र अव राजनीतिक मुद्धामा नभई विकासका लागि सकारात्मक प्रविष्पर्धाको युगमा प्रवेश गरेको बताउनुभएको छ । यसैबिच पोखरामा शनिबारदेखी नै २१ औ संस्करणको पोखरा सडक महोत्सव सुरु भएको छ । सडक मै खाऔँ, सडक मै रमाऔँ भन्ने नाराका साथ सुरु महोत्सव पौष १६ गते सम्म जारी रहने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार