दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटको उपाधि पारस खड्काको कप्तानीमा रहेको चितवन राईनोजले जितेको छ । पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा भएको फाईनल खेलमा विराटनगर टाईटन्सलाई ३२ ले पराजित गर्दै चितवनले उपाधी चुमेको हो । फाईनलमा पहिले ब्याटिङ गरेको चितवनले दिएको २ सय ३ रनको विजयी लक्ष्य विराटनगरले पुरै ओभरको समाप्तीमा सात विकेट गुमाउदा पनि पुरा गर्न सकेन ।
उसले जम्मा १७० रन मात्र जोड्न सक्यो । फलस्वरुप चितवन ३२ रनले विजयी हुन पुग्यो । प्रतियोगीताको विजेता चितवनले ट्रफि सहित २७ लाख रुपैयाँ हात पार्यो भने दोस्रो बनेको विराटनगरले १० लाखमा चित्त बुझाएको छ । प्रतियोगीताको पहिलो संस्करणमा चितवनलाई ३ विकेटले पराजित गर्दै पोखरा पल्टन विजेता बनेको थियो ।




