सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले जित निकालेको छ । शनिबार भएको खेलमा थ्री स्टारले एपीएफ क्लबलाई १–० गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा थ्री स्टारलाई जित दिलाउन अनन्त तामाङले निर्णायक गोल गरे । खेलको १५ औं मिनेटमा अनन्तले गोल गरेका हुन् । दायाँ भागको कर्नर साइडबाट मिक्छेन तामाङको फ्रिकिकलाई अनन्तले हेडबाट पोस्टको दिशा दिएका हुन् । सुशान्त श्रेष्ठलाई एपीएफका डिफेन्डरले फउल गर्दा थ्री स्टारले फ्रिकिक पाएको थियो । खेलमा म्यान अफ दि म्याच अनन्त चुनिए ।




