विराटनगर टाइटन्स पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको इलिमिनेटेरमा प्रवेश गरेको छ । इलिमिनेटेर पुग्नको लागि जित्नै पर्ने खेलमा बुधबार बुटवल ब्लास्टर्सलाई ४ विकेटले पराजित गर्दै विराटनगर इलिमिनेटेरमा प्रवेश गरेको हो । पोखरा रंगशालामा बुटवलले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगरले ११ ओभर ४ बलमा ६ विकेट गुमाएर पुरा गर्यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बुटवलले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३३ रन बनाएको थियो ।
जितसँगै विराटनगर ५ खेलमा ४ अंक जोड्दै तेस्रो स्थानमा रहदै इलिमिनेटेरमा पुगेको हो । अब विराटनगरले फाइनल प्रवेशको लागि इलिमिनेटेरमा बुटवलसँग नै खेल्नेछ । बुटवल ५ खेलमा ६ अंक जोडेर लिगको दोस्रो स्थानमा रहदै प्ले अफ पुगेको हो । इलिमिनेटेरको विजेताले फाइनलमा चितवन राइनोजसँग खेल्नेछ । चितवन अपराजित रहदै ५ खेलमा १० अंक जोड्दै शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो ।




