पोखरा महानगरपालिका र गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको संयुक्त लगानी रु २८ करोड १४ लाखको लागतमा फेवातालको सिर स्थित विभिन्न चारवटा खहरे खोलामा सिल्टेसन ड्याम निर्माण गरिने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी लगायतको उपस्थितिमा बुधबार बिहान सिल्टेसन ड्यामको शिलान्यास गरिएको छ ।

उक्त सिल्टेसन ड्याम को सिल्यानास गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फेवाताल संरक्षणमा प्रदेश सरकार कटिवद्ध भएको बताउनुभयो । फेवाताल जलाधार क्षेत्र संरक्षण कार्यक्रम अन्तर्गत पोखरा २४ स्थित बेतयनी खोला र लौरुक खोला, पोखरा २३ र २४ को अधेँरी खोला तथा पोखरा २३ स्थित हर्पन खोला घाँटीछिना गरि ४ वटा आयोजना मार्फत चेकड्याम र सिल्टपोखरी निर्माण गरिने भएको छ । १५ महिना भित्र २८ करोड १६ लाख १० हजार ९ सय ९२ रुपैयामा निर्माण कार्य सम्पन्न गर्नुपर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार