पर्यटनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० नेपालको अर्थतन्त्रको बिकासको आधार भएको बताउनुभएको छ । नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा पर्यटन मन्त्रालयले बुधबार सरोकारवालासँग गरेको छलफलमा मन्त्री भट्टराईले पर्यटन क्षेत्रबाट मुलुकको अर्थतन्त्रलाई ३ बाट १० प्रतिशत पुराइने बताउनुभएको हो । मुलुकको दिगो बिकासमा पर्यटन क्षेत्रको योगदानलाई बढाउदै लगिने उहाको भनाई छ । त्यस्तै उहाले पर्यटन बर्षलाई सफल पार्न आवश्यक पूर्वाधारहरु स्थानीय तह मातहत हुने भन्दै भ्रमण बर्ष सफल पार्न स्थानीय तहको भूमिका अपरिहार्य हुने बताउनुभयो ।




