पोखरा महानगरपालिका वडा नं. ११ रानीपौवा सिटिभिटी चोकबाट ठुलो मात्रामा लागुऔषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पोखरा १७ स्थाई ठेगाना बताउने भक्त बहादुर पुनलाई ३ सय ३० थान लागुऔषध सहित कास्की प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट डाईजेपाम, फेनेरागन, बु्रफिन लगायतका लागुऔषध बरामद गरिएको छ ।
डेढ महिनादेखी कोठा भाडामा लिई पोखरा ११ रानिपौवा सिटिभिटी चोकमा बस्दै आएका पुन आफुपनि लागुऔषध प्रयोगकर्ता रहेको खुलेको छ । उनले बिक्रिका लागी दमौलिबाट उक्त लागुऔषध पोखरा लिएको बताएका छन् । उनीमाथी थप अनुसन्धान गरिने कास्की प्रहरीले बताएको छ ।




