नेपालमा एक हजारदेखि तेह्रसय मिटर उचाइमा गुणस्तरको सुन्तला उत्पादन हुने एक अध्ययनले देखाएको छ । भौगोलिक उचाइको रेञ्ज र टिप्ने समय मिलेको नेपालको सुन्तला अन्तर्राष्ट्रिय गुणस्तरको भन्दा राम्रो पाइएको छ । तर, विगत १० वर्षदेखि नेपालमा सुन्तलाको उत्पादन घट्दो क्रममा रहेको र गुणस्तर समेत कम हुँदै गएको सन्दर्भमा गरिएको अनुसन्धानले सुन्तलाको बोटको म्यानेजमेन्टको खाँचो देखिएको छ । फूल फूल्ने समय, टिप्ने समय, टिप्ने तरिका नमिल्दा र माटोमा न्यूट्रिसन र हर्मोनको कमी हुँदा उत्पादन घट्दै गएको हो । यता कास्कीमा पनि यसको उत्पादनका केहि पकेट क्षेत्रहरुमा सुन्तला उत्पादन हुनेगरेको कृषी अधिकारीहरुले बताएका छन् । तर, पोखरा २१ फेदिँपाटनका सुन्तला कृषकहरुलाई भने बाँदर र बेलाबखतमा पर्ने असिना पानीले निकै सताउने गरेको छ ।




