साविक उपविजेता चितवन राइनोज र बुटवल ब्लास्टर्स पोखरा प्रिमियर लिगको प्लेअफमा पुगेका छन् । विराटनगरलाई १८ रनले हराउँदै चितवनले एक खेल अगाडि नै प्लेअफमा स्थान बनाएको हो । पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले २० ओभरमा चार विकेट गुमाउँदै १ सय ४६ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको विराटनगर १९ ओभरमा १ सय २८ रनमा अलआउट भएको हो । आजै भएको दोस्रो खेलमा बुटवल ब्लास्टर्सले एक्सपर्ट धनगढिलाई सात विकेटले पराजित गरेको छ । १ सय ४१ रनको लक्ष्य पाएको बुटवलले ३ विकेटको क्षेतिमा २० वल बाकी छदै लक्ष्य पुरा गरेको हो । प्रतियोगीतामा भोलि धनगढीले आफ्नो अन्तिम खेल पोखरा पल्टनसँग खेल्ने छ, भने अन्तिम खेलमा बुटवलले विराटनगर टाइटन्ससँग बुधबार खेल्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार