गण्डकी प्रदेशको राजधानी पोखरामा पुस १२ गते देखि १६ गतेसम्म २१ औँ पोखरा सडक महोत्सवको तयारी तिव्र पारिएको छ । आइतबार आयोजक रेष्टुरेण्ट एण्ड बार एसोसियसन रेबनाले काठमाडौंमा पत्रकार सम्मेलन गरी पोखरामा पुस १२ गते देखि १६ गते सम्म २१ औँ पोखरा सडक महोत्सव आयोजना गर्न लागिको जानकारी दिएको हो ।

सडकमै खाऔँ, सडकमै रमाऔँ भन्ने नाराका साथ हुन गइरहेको महोत्सवमा सातै प्रदेश र पोखरा सेरोफेरोको संस्कृतिहरु पोखरा सडक महोत्सवको आकर्षण हुने आयोजकको भनाई छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर आयोजना हुन लागेको सडक महोत्सवमा सातै प्रदेश र पोखरा सेरोफेरोका संस्कृतिहरु महोत्सवको आकर्षण हुने महोत्सवका संयोजक लक्ष्मण बरालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार