बुटवल उप–महानगरपालिकाले बुटवललाई बेसाहारा सडक मानवमुक्त उपमहानगर घोषणा गरेको छ । सडकपेटी र सार्वजनिक स्थलहरुमा रहेका सहयोगापेक्षी बृद्धबृद्धा, मनोरोगी, महिला तथा बालबालिकाले सडकमा जीवन बिताउनु नपरोस् भन्ने उद्धेश्यले बुटवल उपमहानगरले शनिबार नगरलाई बेसाहारा सडक मानवमुक्त उपमहानगर घोषणा गरेको हो । सो अवसरमा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले सबै मिलेर अभियान सफल बनाउन आग्रह गर्नुभयो ।

हरेक नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकारलाई मौलिक अधिकारको रुपमा कार्यान्वयन गर्ने चरणमा उपमहानगरलाई सहयोगापेक्षी बेसाहारा सडक मानवमुक्त उपमहानगर घोषणा गरिएको सुबेदीले बताउनुभयो । सडकमा बेसाहरा रुपमा जीवन बिताउनुपर्ने बाध्यतामा रहेका मानवहरुलाई उद्धार गर्ने, उपचार गर्ने र आवासको व्यवस्था मिलाउने काममा मानव सेवा आश्रमसँग सहकार्य गरिरहेको उपमहानगरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार