१३ औं काठमाण्डौ म्याराथनको उपाधी पुरुष तर्फ सेनाका नरेन्द्र सिंह रावत र महिला तर्फ एपिएफकी कान्छिमाया कोजुले हात पारेका छन् । उनीहरुले मेडल, प्रमाण पत्र र ट्रफीका साथै नगद ५० हजार पनि प्राप्त गरे । म्याराथनमा नयाँ नाम लेखउँदै नरेन्द्रले ४२.१९५ कि.मि.को दुरी २ घन्टा ३३ मिनेट १० सेकेन्डमा पुरा गर्दै उपाधी उचालेका हुन् ।

महिला तर्फ कोजुले २ घन्टा ५७ मिनट २७ सेकेन्डमा दुरी पार गरिन् । प्रो स्पोर्टस्को आयोजनामा भएको प्रतियोगिताको हाफ म्यारथनमा पुरुष तर्फ सेनाका राजन रोकायाले १ घन्टा १० मिनेट २६ सेकेन्डमा दौड पुरा गर्दै स्वर्ण हात पारेका छन् । महिला तर्फको हाफ म्याराथन सेनाकी पूर्ण लक्ष्मी न्यौपानेले जितिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार