जयकिशन कोल्सावालाको अर्धशतकमा दोस्रो संस्करणको पोखरा प्रिमियर लिग पीपीएल क्रिकेट अन्तर्गत काठमाडौं गोल्डेन वारियर्सले दोस्रो जित निकालेको छ । शनिबार भएको खेलमा विराटनगर टाइटान्सलाई ३६ रनले पराजित गर्दै प्रतियोगिताको प्लेअफको सम्भावनालाई जिवित राखेको छ । पोखरा रंगशालमा काठमाडौंले दिएको १६० रनको लक्ष्य पछा्एको विराटनगरले १९ ओभर ४ बलमा अल आउट हुँदै १२३ रन बनाएको हो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५९ रन बनाएको थियो । काठमाडौंको हालसम्म चार खेलमा दुई जित र दुई हार सहित ४ अंक छ । पराजित तीन खेल खेलेको विराटनगरको दुई अंक छ । प्रतियोगिता अन्तर्गत आइतबार दुई खेल हुँदैछन् । बिहान ९ः३० बजे हुने पहिलो खेलमा विराटनगर टाइटान्सले चितवन राइनोजसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै दिउँसो १२ः४५ बजे बुटवल बलास्टर्सले धनगढी ब्लुजसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार