चिनको युनान प्रान्तीय रेडियो र टेलिभिजन व्युरोको एक टोलीले गण्डकी प्रदेशको राजधानी पोखरा स्थित फेवा टेलिभिजनको स्थालगत अवलोकन गरेको छ । युनान प्रान्तीय रेडियो र टेलिभिजन व्युरोकी उपनिर्देशक लिन सियाङ् नेतृत्वको चिनियाँ टोली र फेवा टेलिभिजनका बिचमा सो क्रममा अनुभव आदान प्रदान गरिएको छ । सो क्रममा फेवा टेलिभिजनका प्रबन्ध निर्देशक लिल बहादुर जिसिले नेपाल प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधताले सम्पन्न मुलुक भएकाले अत्याधिक चिनियाँ पर्यटकहरुलाई नेपाल भ्रमणका लागि उत्साह प्रदान गर्न आग्रह गर्नुभयो । नेपाल भ्रमण वर्ष २०२० को संघारमा पोखरा आईपुगेको उक्त टोलीले चिनियाँ पर्यटकका लागि नेपाल भ्रमणको सकारात्मक सन्देशहरु लिएर फर्कने विश्वास दिलाएको छ ।

फेवाटेलिभिजनको अवलोकनका क्रममा युनान प्रान्तीय रेडियो र टेलिभिजन व्युरोकी उपनिर्देशक लिन सियाङ्ले नेपाल र चिनको सम्बन्ध हिमाल र पानीको जस्तो अटुट रहेको उल्लेख गर्नुभयो । आफुहरुको नेपाल भ्रमण दुई महिना अघि चिनिया राष्ट्रपति सि जिनपिङले गरेको नेपाल भ्रमणको निरन्तरता भएको उहाँले बताउनुभयो । सो क्रममा फेवा टेलिभिजनका प्रबन्ध निर्देशक लिल बहादुर जिसिले पोखरा प्राकृतिक एंव सांस्कृतिक विविधताले भरिपुर्ण शहर भएकाले यहाँको पर्यटन प्रवद्र्धनका खातिर युनानको रेडियो तथा टेलिभिजन मार्फत सकारात्मक सन्देसहरु प्रवाहका साथै कार्यक्रमहरु प्रशारणको आपसी प्रक्रियाका लागि आफुहरु तयार रहेको बताउनुभयो । साथै नेपाल भ्रमण वर्ष २०२० का लागि चिनबाट धेरै भन्दा धेरै पर्यटकहरु नेपाल आउने माहोल सृजना गर्न अनुरोध पनि गर्नुभयो ।

नेपाल र चिनको युनान प्रान्त विच सिधा हवाई सेवाको समेत सुविधा रहेको र भुगोलका हिषावले समेत दुरी निकै कम भएका कारण नेपाल चिन सम्बन्ध बलियो बनाउदै सांस्कृतिक आदान प्रदान गर्न सकिने उपनिर्देशक सियाङ्ले बताउनुभयो । नेपाल र चिनको बिचमा एक छिमेकी मात्र नभई भातृत्वको समेत सम्बन्ध रहेको उल्लेख गर्दै उपनिर्देशक सियाङ्ले यसको भरपुर उपयोग गर्नुपर्ने बताउनुभयो । दुवै देशमा रहेका मिडियाहरु मार्फत प्रशारण हुने कार्यक्रममहरु आपसमा सहकार्य गरि दुवै तर्फ प्रशारण गर्नसके सांस्कृति आदान प्रदान हुने उहाँले बताउनुभयो । चिनमा पोखरेली पर्यटनको प्रचार गरि विश्वलाई सन्देश दिने कार्यमा आफुहरु प्रतिवद्ध रहेको उहाँले विश्वास दिलाउनुभयो ।

भेटका क्रममा लियाङ नेतृत्वको चिनियाँ टोलीले प्रविधिको विकास र आदान प्रदानमा समेत आफुहरु सकारात्मक रहेको बताएको छ । टोलीमा उपनिर्देशक लियाङ्, युनान प्रान्तीय रेडियो र टेलिभिजन व्युरोका विज्ञान र प्रविधि विभागको डिभिजन प्रमुख सोङ् ल्युजियन, विदेशी मुद्रा र सहयोग विभागको प्रथम श्रेणी प्रधान सदस्य याङ डोङ्लियाङ र विदेशी मुद्रा र सहयोग विभागको चौठो तह सोधकर्ता कुआन यानको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार