अर्थमन्त्री डा. युवराज खतिवडाले सहकारीलाई कम्पनीकरण गर्ने पक्षमा आफु नरहेको स्पष्ट पार्नुभएको छ । बिहिबार काठमाडौंमा राष्ट्रिय सहकारी बैंक लिमिटेडको १६ औं बार्षिक साधारणसभा उद्घाटन गर्दै सहकारीलाई कम्पनीकरण गर्ने इच्छा आफ्नो नरहेको बताउनुभयो ।

सहकारी कुनै कम्पनी नभएको भन्दै उहाले कम्पनीको निश्चित सिमाभित्रको कार्यभित्र लैजान नहुने तर्क गर्नुभयो । मन्त्री खतिवडाले सहकारी क्षेत्रलाई सरकारले गर्ने आर्थिक बिकासको सम्वाहक क्षेत्रको रुपमा अघि बढाउन खोजेको धारणा पनि राख्नुभयो । उहाले सहकारी क्षेत्रको नीजी क्षेत्रसंग हुने सहकार्यले केहि कानूनी अवरोध देखिएपनि त्यसलाई फुकाएर भएपनि सहकारीलाई सरकारले संगसंगै अघि बढाउने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार