महोत्सव लेखनाथको संस्कृति स्थानीय उत्पादन विकास र संबृद्धि भन्ने नाराका साथ १६ औं सस्करणको लेखनाथ महोत्सव आजदेखी सुरु भएको छ । महोत्सवको उघद्धाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङ्ले महोत्सवले राष्ट्रिय एकताको शन्देस दिएको बताउनुभयो । उद्योग व्यापार तथा लगानीको वातावरण बन्दै गैरहेको पछिल्लो अवस्थामा मुलुकको समृद्धि र नागरीकको आर्थीक शसक्तिकरणका कयौन पक्षहरुको पहिचानमा प्रदेश तथा स्थानिय सरकारहरु प्रतिवद्ध रहेको मुख्यमन्त्री गुरुङले उल्लेख गर्नुभयो । उद्योगी व्यावसायीहरुलाई दाँया बाया नगरीकन उत्पादन, उद्यम र व्यवसायमा भाग लिन उहाँले आह्वान समेत गर्नुभयो । सरकारले विकासको गतिलाई युद्धस्तरमा अगाडी बढाईरहेको बताउदै मुख्यमन्त्री गुरुङले छिमेकको निकै ठुलो जनसंख्यासंग जोडिने गरि स्थानिय तथा प्रदेश सरकारहरु विकासको यात्रामा रहेको दावी गर्नुभयो ।
पुर्वाधारको विकास विना आर्थीक समृद्धि हाषिल गर्न नसकिने बताउदै उहाँले आगामी १० वर्षमा उत्कृष्ट प्रदेशका रुपमा गण्डकी प्रदेशको विकास गरिने तर्क गर्नुभयो । गण्डकी प्रदेश प्राकृतिक एंव साँंस्कृतिक रुपमा सम्पन्न प्रदेश भएकाले आगामी पाँच वर्षमा प्रतिव्यक्ति आय २ हजार अमेरीक डलर पुर्याउने उद्धघोष समेत गर्नुभयो । गण्डकी प्रदेशका २ लाख मानिसहरु अहिलेपनि गरिबिको रेखामुनी रहेको बताउदै मुख्यमन्त्री गुरुङले त्यसको निराकरणका लागि समेत आफ्नो क्षेत्रबाट आवाश्यक योगदान गर्न उद्योगी व्यावसायीहरुलाई आह्वान समेत गर्नुभयो ।
दैनिक जसो राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती रहने महोत्सवमा बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, स्थानिय उत्पादन तथा कृषी प्रदर्शनी, हस्तकला, मेशिनरी, कर्पोरेट, अटो, जनरल, फेन्सी, गार्मेन्ट, डेरी र फुड फेस्टिवलका स्टलहरु रहेका बताईएको छ । पुस १५ गते सम्म चल्ने महोत्सवमा करिव दुई लाख ५० हजार दर्शक र १२ देखि १५ करोड बरावरको आर्थीक कारोवार हुन सक्ने अनुमान आयोजकहरुले गरेका छन् ।




