दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेट प्रतियोगितामा बुटवल ब्लास्टर्स चितवन राइनोजसँग लज्जास्पद हार बेहोरेको छ । बुटवल चितवनसँग १ सय १९ रनको फराकिलो अन्तरले पराजित भएको हो । २ सय ४ रनको विशाल लक्ष्य पछ्याएको बुटवल १८.४ ओभरमा मात्र ८४ रनमा अल आउट भएको हो । पहिलो ओभरको पाँचौ बलमा करण केसीले ओपनर अफ्ताव उदीन अहमदलाई पारस खड्काबाट २ रनमा क्याच आउट गरे ।

तीब्र गतिका बलर करण केसीले ३.४ ओभरमा ११ रन खर्चेर ४ विकेट लिए । पहिलो संस्करणमा पोखरा पल्टनले विराटनगर टाइटन्सविरुद्ध १ सय ९८ रनको लक्ष्य दिएको थियो । पहिलो खेलमा चितवनले पोखरा पल्टनलाई ६ विकेटले हराएको थियो । तेस्रो खेलमा चितवनले एक्स्पर्ट धनगढी ब्लुजसँग शुक्रबार खेल्ने छ । बुटवलले तेस्रो खेलमा शुक्रबार पोखरा पल्टनसँग खेल्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार