ब्लड क्यान्सरको एक दुर्लभ प्रकार क्रोनिक न्युट्रोफिलिप ल्युकेमियाबाट पीडित कास्कीको मादि गाँउपालिका वडा नं. ४ का ५० वर्षीय सत्यराज सापकोटाको उपचार सहयोगार्थ पोखरामा लायन्स सांगितीक साँझ हुने भएको छ । लायन्स क्लव अफ पोखरा पिस सेन्ट्रल र लायन्स क्लव अफ पोखरा सेन्ट्रल सिटिको आयोजनामा उक्त कार्यक्रम गर्न लागिएको संयोजक महेन्द्र उपाध्यायले जानकारी दिनुभयो । लामो समयदेखी स्वास्थ्य समस्यामा रहेका सापकोटालाई उपचारका क्रममा भारतको गंगाराम अस्पतालमा स्वास्थ्य परिक्षण पश्चात संसारमा निकै कम मानिसहरुलाई लाग्ने गरेको क्रोनिक न्युट्रोफिलिप ल्युकेमिया भएको पुष्टि भएको लायन्स क्लव अफ पोखरा पिस सेन्ट्रल सिटिका अध्यक्ष विक्रम गुरुङ्ले जानकारी दिनुभयो ।
सापकोटाको उपचारमा निकै ठुलो धनरासी आवाश्यक पर्ने देखिएपछि आर्थीक अवस्था कमजोर रहेका उनलाई सानो भएपनि सहयोग गर्ने लक्ष्यका साथ नेपालका चर्चित कलाकारहरुको उपस्थितीमा लायन्स म्युजिकल साँझको आयोजना गरिएको लायन्स क्लव अफ पोखरा सेन्ट्रल सिटिका अध्यक्ष चेतन कार्कीले जानकारी दिनुभयो । साँझमा चर्चित गायक प्रमोद खरेल, पशुपति शर्मा, सम्झना भण्डारी, मेनुका माझी, बिक्रम बराल तथा हास्यकलाकार डोरेस खतिवडा लगायतको स्थानिय कलाकारहरुको समेत सांगितिक प्रस्तुति रहने सेन्ट्रल सिटिका अध्यक्ष भिम सुवेदीले जानकारी दिनुभयो ।
पोखरा सभागृहमा यहि पौष ५ गते शनिबार हुने लायन्स म्युजिकल साँझ सम्पन्न गर्न झण्डै १० लाख रुपैयाँ खर्च तथा १५ लाख रुपैयाँ आम्दानी हुने अपेक्षा गरिएको छ । लायन्स क्लवका अफ अन्तराष्ट्रिय ३२५ बि १ नेपालका रिजन चियरपर्सन लायन कुलचन्द्र शर्माले लायन्स क्लव संसारको सवैभन्दा ठुलो मानव सेवामा सर्मपित सामाजिक तथा परोकारी संस्था भएको उल्लेख गर्नुभयो ।




