पोखरा म्याराथनलाई आवाश्यक सहयोग गर्ने मन्त्री विश्वकर्माको आश्वासन
युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले वार्षिक रुपमा पोखरामा आयोजना हुदै आएको अन्तर्राष्ट्रिय पोखरा म्याराथनलाई सफल पार्न आफ्नो क्षेत्रबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धत्ता व्यक्त गर्नुभएको छ । भूतपूर्व खेलाडी मंच नेपालले बुधबार पोखरामा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले पोखराको राम्रो इभेण्टको रुपमा संचालनमा रहेको पोखरा म्याराथनलाई सफल पार्न आफ्नो क्षेत्रबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धत्ता व्यक्त गर्नुभएको हो ।

आगामी फागुन ३ गते पोखरामा हुने १४ औं संस्करणको सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनलाई सफल पार्न आवश्यक पर्ने बजेट व्यवस्थापन गर्नको लागि सम्बन्धित मन्त्रालयसम्म समन्वय गर्ने मन्त्री विश्वकर्माले आश्वासन पनि दिनुभयो । १३ औं सागले नेपाली खेलकुदमा धेरै सकरात्मक सन्देश दिएसंगै खेलकुदको बारेमा नेपाली समाजलाई धेरै सचेत पारेको उहाँले उल्लेख गर्नुभयो । दौडौ स्वास्थ्यको लागि, दौडौ पोखराको लागि भन्ने नारा सहित यस बर्षको म्याराथन दौडमा पनि विदेशी धावकहरु समेत सहभागि गराउने तयारी गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार