प्रथम प्रकाश दाहाल स्मृति राष्ट्रिय तेक्वान्दो प्रतियोगिता पुस ४ र ५ गते ललितपुरमा हुने भएको छ । नागदह तेक्वान्दो डोजाङ ललितपुरको आयोजनामा हुने प्रतियोगीतामा बिभिन्न डोजाङका साथै बिभागीय टीमको समेत सहभागीता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । ३१ वटा जुनियर र १७ वटा सिनियर तौल समूह गरि जम्मा ४८ स्वर्णका लागि प्रतिपर्धा हुने बताइएको छ । त्यस्तै पुम्सेतर्फ ८ वटा स्वर्णका लागि प्रतिपर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगीतामा १३ भन्दा बढि जिल्लाबाट ४५० देखि ५०० खेलाडीहरुको सहभागीता रहने नागदह तेक्वान्दो डोजाङका मुख्य प्रशिक्षक कविराज मालिले जानकारी दिनुभयो । प्रतियोगीतामा प्रथम हुने टिम समूहलाई नगद ५० हजार प्रदान गरिनेछ भने द्धितिय र तृतीय टीमले क्रमश ३० र २० हजार पाउने मालिले बताउनुभयो । प्रतियोगीताको कुल खर्च २५ लाख हुने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार