कवि शिरोमणि लेखनाथ पौडेलको १३६ औं जन्मजयन्तीका अवसर पारेर राखिएको राष्ट्रिय स्तरको खुल्ला कबिता प्रतियोगितामा संयोग वस्याल प्रथम भएका छन् । प्रतियोगिताका लागि छनोट भएका २५ कविताहरु मध्य बुधबार कविको जन्म गाउँ अर्घौ अचर्लेमा भएको बाचन प्रतियोगितामा छबिलाल आचार्य द्धितिय, तारानाथ पराजुली तृतिय र सान्तोनामा पोसराज पौडेल,इन्द्रराना प्रतिक, सुरक्षा देवकोटा र प्रकाश आचार्य विजयी भएका हुन् । प्रतियोगिताबाट विजयी प्रतिशप्रदिहरुले लेखनाथ महोत्सवमा कविता बाचन सहित सोही मञ्चबाट पुरस्कार प्राप्त गर्ने बताईएको छ । प्रतियोगितामा प्रथम हुनेले १५हजार,द्धितियले ११ हजार,तृतियले सात हजार र सान्तोना हुनेले तीन तीन हजार पाउने भएका छन् । कवि शिरोमणि लेखनाथ पौडेलको जन्मजयन्ती तथा लेखनाथ महोत्सवसग जोडेर आयोजना गरिएको राष्ट्रिय स्तरको प्रतियोगिताले अर्घौ अर्चलेलाई साहित्यीक तिर्थस्थलको रुपमा विकास गराउन सहज हुने विश्वास गरिएको छ ।

कार्यक्रम लेखनाथ उद्योग बाणिज्य संघ, कविशिरोमणि लेखनाथ जन्मस्थल विकास समिति र लेखनाथ साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा सम्पन्न भएको हो । कविशिरोमणि लेखनाथ जन्मस्थल विकास समितिका अध्यक्ष विश्वप्रकास लामिछानेको अध्यक्षतामा भएको सो कार्यक्रममा प्राज्ञ हरिदेवि कोईराईलाले कविको सम्झना गरिने जुन सुकै कामले पनि साहित्य क्षेत्रको विकासमा टेवा पु¥याउने र अर्घौ अर्चलेलाई कवि कुञ्ज एवंम साहित्यीक तिर्थस्थलका रुपमा विकास गराउनु पर्ने सुझाव दिएकी थिईन् । कार्यक्रममा वडा नं २ का वडाअध्क्ष पुर्णकुमार गुरुङ,लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकाल, लेखनाथ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय,संघका पुर्व अध्यक्ष चतुराखर अधिकारी,वावुराम गिरी, पत्रकार महासंघ कास्कीका सचिव रामप्रसाद तिमिल्सेना र निर्णयाक संयोजक जगनाथ रेग्मी लगाएतले आ आफनो धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार