संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पर्यटन बर्ष २०२० लाई भव्य रुपमा सम्पन्न गर्नका लागि सबै प्रकारको तयारीमा केन्द्रिय सरकार जुटेको बताउनुभएको छ । प्रदेश नंवर १ को प्रदेशस्तरीय पर्यटन प्रवद्धन समितिले शुक्रबार काठमाडौंमा आयोजना गरेको भिजिट नेपाल २०२० प्रवद्र्धन समन्वय गोष्ठिमा उहाले केन्द्र सरकार पूर्वाधार निर्माणदेखि अन्य तयारीमा सरकार जुटेको बताउनुभएको हो । मन्त्री भट्टराईले देशका बिमानस्थलको विस्तार गर्ने, अन्तरप्रदेश हवाइ यात्राका लागि प्रोत्साहन गर्ने लगाएतका कार्यक्रमले निरन्तरता पाउने बताउनुभयो ।

अव कुनै पहाडमा हुने हवाइ उठान प्रदेशबाटै हुनुपर्नेगरि व्यवस्था हुने उहाले बताउनुभयो । पर्यटन क्षेत्रले २० प्रतिशत जिडिपीलाई योगदान गर्न सक्ने भएकाले यस क्षेत्रलाई बिशेष प्राथमिकतामा राखेको जिकिर गर्नुभयो । सरकारले पर्यटकका लागि एक दशक भन्ने लक्ष्यका साथ अघि बढुनुपर्ने उहाको भनाइ छ । उहाले प्रदेश नंवर १ लगाएतका प्रदेशमा आगामी दुईबर्षभित्र केहि नौलो पर्यटकिय योजना बनाउनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा प्रदेश १ को पर्यटकिय गन्तव्यहरुको बृत्तचित्र प्रर्दशनी गरिएको थियो भने प्रदेश १ का मूख्यमन्त्री शेरधन राईले पर्यटकिय क्षेत्रमा रहेका बिभिन्न व्यक्तिहरुलाई पर्यटन सद्भाव दूत मनोनयनको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार